केही समय अघि यस्तो अवस्था थियो । गाडी चलाउने ड्राइभरले भन्थे “मलाई रिस नउठाउनुस् भिरबाट गाडी प्याँकिदिन्छु । ”
यस्तै अरु धेरै कुराहरु पनि सुनिन्थे, ड्राइभरले मान्छे मा¥यो भने सत्र दिन मात्रै जेल हुने त हो , किचेर मान्छे मार्न पनि सकिन्छ, भिरबाट गाडी फालेर आफु बच्न पनि सकिन्छ । यस्तो भनिरहँदा बिचारा रकम तिरेर यात्रा गरेका यात्रुहरुलाई कस्तो भान हुन्थ्यो होला । यात्रुहरुलाई थर्कमान गराउने यस्तो प्रचलन अब अन्त्य हुनुपर्छ । सरकारले पछिल्ला दिनहरुमा केही राम्रा कामहरुको सुरुवात गरेको छ । जसको कारणले मानिसहरुको हत्या हुन्छ त्यस्तालाई उम्काउने कुराको बन्देज गर्दै दुर्घटना हुने बित्तिकै चालकलाई कार्वाही गर्न थालेपछि संभवत अव दुर्घटनाहरुमा अवस्यपनि केही मात्रामा कमि आउने देखिन्छ । त्यस्तै रकम दिएपछि घरमै लाइसेन्स आउने प्रचलनको अन्त्य गर्दै लाइसेन्स पाउनेहरुको हकमा उमेरको हदबन्दीले पनि सवारी दुर्घटनामा कमि आउने संभावना देखिएको सरकारको यो निर्णय राम्रो कार्यको रुपमा पर्दछ ।
अहिले बन्दले पनि त्यस्तै समस्या उत्पन्न गरेको छ । घरमा झगडा प¥यो भने सडक बन्द गर्ने परिपाटी बोकेको हाम्रो समाजमा हुने यस्ता बन्द र बन्दकर्ताहरुलाई समेत कुनै मोहचार नगरी सिधै कानुनी कारवाही तर्फ अगाडी बढाउने आँट अव सरकारमा बसेकाहरुले गर्नुपर्ने बेला आएको छ ।
राज्यको नियम र कानुन नमान्ने अनि बन्द गरेर आफ्नो स्वार्थ जोड्ने जो कोहीलाई पनि तत्काल कार्वाही गर्ने परिपाटीको बिकास गर्नुपर्छ भने अर्कोतर्फ त्यस्ता बन्दहरुको बिरुद्धमा आम नागरिकहरु पनि एकजुट भएर बन्दको बिरोध गर्नुपर्ने देखिन्छ ।








